Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ८ दलको बैठक सिंहदरबारमा बस्दै


    मंगलबार, फाल्गुन २३ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ८ दलको बैठक सिंहदरबारमा बस्ने भएको छ।

    आज दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो।

    ८ दलले गठन गरेको कार्यदलको बैठक बस्न लागेको हो। कार्यदल संयोजक नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का छन् भने कार्यदलमा अरू ७ दलबाट एक-एक जना सदस्य छन्।

    कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू छलफलमा जुट्न लागेका हुन्।

    राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति, उपराष्ट्रपति चुनाव, मन्त्रिपरिषद विस्तारजस्ता विषयहरूमा बैठकमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए।

    राष्ट्रपति, उपराष्ट्रपति चुनाव सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिने र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा दलहरू जुटेका छन्।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार