Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज सुन- चाँदीको मूल्य


    मंगलबार, फाल्गुन २३ २०७९
    3.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन-चाँदीको बजार मूल्य घटेको जानकारी दिएको हो । जसअनुसार आइतबारको तुलनामा आज सुन र चाँदीकै मूल्य घटेको छ ।

    हिजो सोमबार होली पर्वका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन ।

    महासङ्घका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

    साताको आइतबार छापावाल सुनको मूल्य १ लाख २ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ कायम थियो । गत साताको शुक्रबारको तुलनामा तोलामा ३०० रुपैयाँले बढेको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १ हजार २६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार