काठमाडौं। आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईलाई नेपालले २३० रनको लक्ष्य दिएको छ।
आज टस जितेर पहिले ब्याटिङ गर्दै खराब सुरूआत गरेको नेपाललका लागि भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्याउन सफल भए।
नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो। पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सार्कीले ९९ बल खेल्दै ७ चौकासहित ७० रन बनाएर आउट भए। उनी ४३ औं ओभरको तेस्रो बलमा रोहन मुस्ताफाको बलमा बोल्ड हुनुअगाडि सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गरे भने आरिफ शेखसँग पनि ५६ रनको साझेदारी गरे।
यस्तै, नेपालका लागि कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ रन बनाए। यस्तै करण केसीले ११ बलमा १७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ११, आरिफ शेख ६, रोहित पौडेल १ र दीपेन्द्र सिंह ऐरीले ४ रन बनाए।
आरिफ शेखले नटआउट ४३ रन बनाउँदा प्रतिश जिसीले नटआउट ११ रन बनाए।
नेपालले यस लिग टू शृंखलाको शीर्ष तीनभित्र रहनका लागि यो खेल जित्न अत्यन्त जरुरी छ ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
काठमाडौं। मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको...
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend