Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाकिस्तानको बलुचिस्तानमा आत्मघाती आक्रमण, ९ सुरक्षाकर्मीको मृत्यु, १३ जना घाइते


    सोमबार, फाल्गुन २२ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कराँची । पाकिस्तानको बलुचिस्तानमा भएको आत्मघाती आक्रमणबाट कम्तीमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

    सोमबार भएको सो आक्रमणमा अन्य १३ जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको छ ।

    क्वेटा–सिबी राजमार्गको कम्बरी पुल नजिक बलुचिस्तान कन्स्टेबुलरीका कर्मचारीहरूको ट्रकमा बम विस्फोट गराइएको थियो ।

    सो आक्रमण प्रारम्भिक अनुसन्धानले आत्मघाती रहेको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) महमूद नोतेजाईले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार