Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • ब्रिक्स सम्मेलनमा भाग लिन चीनका राष्ट्रपति सी ७ वर्षपछि भारत प्रस्थान


    शनिबार, भाद्र २७ २०८३
    60
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्।

    उनी करिब ७ वर्षको अन्तरालपछि भारत भ्रमणमा आएका हुन् । शनिबार बिहान बेइजिङबाट नयाँ दिल्ली प्रस्थान गरेका उनको यस भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ।

    रिपोर्टअनुसार चीनका विदेशमन्त्री वाङ यी पनि सीसँगै भारत जाने प्रतिनिधिमण्डलमा छन्।

    यसैबिच भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय बैठकको तयारी भइरहेको बताएका छन्।

    चिनियाँ राजदूतले चीनले भारतसँग सञ्चार बढाउने, सहयोगलाई सुदृढ पार्ने र मतभेद उचित रूपमा समाधान गर्ने कुरामा जोड दिने बताएका छन्।

    ब्रिक्स सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा आज सुरु हुँदै छ।

    ब्रिक्स शिखर सम्मेलनमा १० वर्षमा पहिलोपटक भारतका प्रधानमन्त्री मोदी, चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकसाथ देखिँदै छन्।

    पुटिन यसअघि नै नयाँदिल्ली आइसकेका छन्।

    तीन नेताले यसअघि २०१६ मा गोवामा भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार