काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्।
उनी करिब ७ वर्षको अन्तरालपछि भारत भ्रमणमा आएका हुन् । शनिबार बिहान बेइजिङबाट नयाँ दिल्ली प्रस्थान गरेका उनको यस भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ।
रिपोर्टअनुसार चीनका विदेशमन्त्री वाङ यी पनि सीसँगै भारत जाने प्रतिनिधिमण्डलमा छन्।
यसैबिच भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय बैठकको तयारी भइरहेको बताएका छन्।
चिनियाँ राजदूतले चीनले भारतसँग सञ्चार बढाउने, सहयोगलाई सुदृढ पार्ने र मतभेद उचित रूपमा समाधान गर्ने कुरामा जोड दिने बताएका छन्।
ब्रिक्स सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा आज सुरु हुँदै छ।
ब्रिक्स शिखर सम्मेलनमा १० वर्षमा पहिलोपटक भारतका प्रधानमन्त्री मोदी, चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकसाथ देखिँदै छन्।
पुटिन यसअघि नै नयाँदिल्ली आइसकेका छन्।
तीन नेताले यसअघि २०१६ मा गोवामा भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिएका थिए।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend