Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टस जितेर नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै


    सोमबार, फाल्गुन २२ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु टोली यूएईविरुद्ध नेपालले पहिलो ब्याटिङ गरिरहेको छ ।

    यूएईमा जारी उक्त शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

    दुबई इन्टरनेशनल स्टेडियममा सुरु भएको यस खेलमा नेपालका आशिफ सेख र ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका छन् ।आशिफका ओपनिङ जोडी कुशल भुर्तेल घाइते भएपछि उनको ज्ञानेन्द्र ओपनिङमा आएका हुन् ।

    आजको खेलमा यसै शृङ्खलाबाट ओडीआईमा डब्यु गरेका युवा फास्ट बलर प्रतिश जिसी पनि पहिलो रोजाइमा परेका छन् ।लिग टुको शीर्ष तीनमा नेपाल र यूएई दुवैलाई आजको खेल महत्वपूर्ण छ ।

    नेपालले शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्नेछ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार