Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ९ हजार घुस लिने नासु र लेखापढी ब्यवसायी पक्राउ


    बिहिबार, फाल्गुन १८ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायबसुब्बा रामकृष्ण पण्डित र श्रीसुभाष भू–सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्णलाई ९ हजार रुपैयाँ लिंदालिंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको छ ।

    जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस–रिसवत माग गरिरहेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले नासु पण्डित र लेखापढी व्यवसायी कर्णलाई सेवाग्राहीबाट घुस लिइसकेपछि पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार