काठमाडौं । विनोद चौधरीले अतिक्रमण गरेको बाँसबारी छाला जुत्ता कारखाना(हाल गंगालाल हृदयरोग केन्द्र)को जग्गा सरकारका नाममा ल्याइएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारबाट चाँदबाग रेसिडेन्सीको नाममा रहेको १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो । बाँसबारी जुत्ता कारखानाको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविराम नेपालीले जानकारी दिएका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको उक्त जग्गा सरकारको नाममा फिर्ता ल्याउन केही दिनअघि निर्देशन दिएका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) को सहयोगमा उक्त जग्गा सरकारका नाममा ल्याइएको जानकारी दिइएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा अतिक्रमण गरेकोमा नेपाल प्रहरीको सीआईबीले व्यवसायी अरूण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । थापाले नै उक्त जग्गा चौधरीलाई जुत्ता उद्योग संचालनका लागि दिएका थिए । सोही प्रकरणमा सीआइबीले बिहीबार सांसद विनोद चौधरीसँग पनि बयान लिएको थियो ।
यद्यपि चौधरी ग्रुपले भने बाँसबारीको उक्त १० रोपनी जग्गा ऐन कानुन अनुरुप नै आफूले प्राप्त गरेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ ।
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ ।...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend