काठमाडौं । अवतरणका लागि पालो पर्खिरहेका तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगिएका छन्। सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि पालो पर्खिरहेका तीनवटा जहाज एक हजार फिटको समान दूरीको अन्तरमा थिए।
सिमरामा रहेको ‘गुराँस होल्डिङ प्वाइन्ट’मा होल्डिङमा रहेका बुद्ध एयरलाइन्स, नेपाल वायुसेवा निगम र कतार एयरवेजको जहाज जमिनबाट ११ हजार पाँच सय फिटदेखि १३ हजार पाँच सय फिटको उचाइमा एक हजार फिटको दूरी (भर्टिकल सेप्रेसन) कायम गरी अवतरणको पालो कुरिरहेका थिए।
होल्डमा रहेका जहाजमध्ये बुद्ध एयरको जहाज ११ हजार पाँच सय फिटमा, नेपाल वायुसेवा निगमको जहाज १२ हजार पाँच सय फिटमा र कतार एयरवेजको जहाज १३ हजार पाँच सय फिटमा रहेका थिए।
पहिलो अवतरण गर्ने पालो बुद्व एयरको थियो। विमानस्थलमा रहेका एटीसी (एयर ट्राफिक कन्ट्रोलर)ले अवतरणको अनुमति कसैलाई दिएको थिएन।
अवतरण अनुमतिको पर्खाइमा रहेकै बेला कतार एयरवेजको जहाजले निगमसँगको दूरी एक हजार फिटबाट दुई सय फिटनजिक बनाएपछि दुर्घटनाको सम्भावना बढ्न पुगेको थियो।
अनुमति र बिनाकुनै जानकारी एक्कासि कतार एयरवेजको जहाज १२ हजार आठ सय फिटमा आएपछि निगमको ट्राफिक कोलिजन एभोडेन्स सिस्टम (टिकास)मा अलर्ट आएको र निगमका पाइलटले एटीसीलाई रिपोर्ट गरेपछि कतारले जहाज थप उचाइमा लगेको थियो। यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend