Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैठकमा मास्क लगाएर बस्न सांसदहरुलाई सभामुखको आग्रह


    मंगलबार, साउन १० २०७९
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठकमा सहभागी हुँदा मास्कको अनिवार्य प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेका छन्।

    मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले कोभिड–१९ को संक्रमणदर लगातार बढ्दै गइरहेको भन्दै उक्त आग्रह गरेका हुन्। ‘माननीय सदस्यहरुलाई बैठकहरुमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्दछु’, उनले भने।

    बैठकमा कैयौं सांसदहरु माक्स नलगाई र भौतिक दूरीसमेत कायम नगरी बस्ने गरेका छन्। सभामुखको आग्रहसँगै केही सांसदहरुले हतारहतार मास्क लगाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार