Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गणपूरक संख्या नपुगेपछी संसदमा विधेयक पेश भएन


    आइतबार, साउन ८ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या नपुग्दा कारागार विधेयक निर्णयार्थ पेस हुन सकेन।

    आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ पारित गर्न निर्णयार्थ पेस गर्ने कार्यसूची थियो।

    संसदमा गणपूरक  संख्या नपुगेपछि गृहमन्त्री खाणले विधेयक पेस गर्न पाएनन्। प्रतिनिधि सभामा बैठक चल्न ६९ सांसद चाहिनेमा आइतबार दिउँसो ६७ जना सांसदमात्रै उपस्थित थिए।

    गणपूरक संख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार