Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसपिपी बिरुद्ध जनस्तरबाट दवाव बनाउनु आवश्यक छ: माधव नेपाल


    आइतबार, साउन ८ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम(एसपिपी) मा संलग्न नहुने पत्र पठाउनका निम्ति सरकारलाई जनतस्तरबाटै दबाब दिनुपर्ने बताएका छन्।

    आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले एसपिपीमा संलग्न नहुने भनेर तुरून्तै चिठी पठाउनका निम्ति जनताले समेत सरकारलाई दबाब दिनुपर्ने धारणा राखेका हुन्।

    ‘नेपालको राष्ट्रियताको रक्षा गर्ने भनेको नेपाली जनताले नै हो। एसपिपीमा संलग्न नरहने भनेर अमेरिकालाई चिठी पठाउन जनताले पनि आवाज उठाउनुपर्छ,’ नेपालले भने।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्नो पहलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एसपिपीमा संलग्न नरहने निर्णय मन्त्रिपरिषदबाट गराएको नेता नेपालको दाबी छ। कम्युनिष्ट विचारधाराका प्रधानमन्त्री भएको समयमा सैन्य स्वार्थमा सामेल हुनेगरी एसपिपीका निम्ति पत्राचार गर्नु अनुचित भएको नेपालले बताए। प्रधानमन्त्रीको स्वीकृति लिएरै नेपाली सेनाले पत्राचार गरे पनि सेनाको काम गलत भएको उनको टिप्पणी थियो।

    ‘सेनाले प्रधानमन्त्रीको स्वीकृति लिएर पत्र पठाएको देखिन्छ तर यो गर्नै नहुने काम भयो,’ उनले भने।

    असार ६ मा बसेको मन्त्रिपरिषद् बैठकले एसपिपी सहभागी नहुने निर्णय गर्दै त्यसबारेको औपचारिक जानकारी अमेरिकालाई पठाउने निर्णय गरेको थियो। अमेरिकालाई पत्राचार गर्ने मन्त्रिपरिषद्को निर्णय एक महिना बित्दा पनि पनि कार्यान्वयन भएको छैन। एसपिपीमा सहभागी नहुने पत्र पठाए/नपठाएकोबारे सदनलाई समेत जानकारी गराउनुपर्ने माग सांसदहरूको थियो। सांसदहरूले यस विषयमा रूलिङको माग गरेपछि सभामुख अग्नि सापकोटाले साउन ५ मा सदनलाई सत्यतथ्य जानकारी गराउनसमेत सरकारलाई निर्देशन दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार