Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुँदैन: झलनाथ खनाल


    शनिबार, साउन ७ २०७९
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी०)का  नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुने  नसक्ने बताएका छन् ।

     आज शनिबार काठमाडौंमा नेकपा एकीकृत समाजवादी नुवाकोट(काठमाडौं सम्पर्क मञ्चले  गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुने  नसक्ने बताएका हुन् ।
    उनले कुनै दललाई बहुमत प्राप्त हुने गरि तालमेल हुन नसक्ने भन्दै तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने माग गरेका हुन् ।
    कांग्रेसप्रति लक्षित गर्दै खनालले केहि दलले बहुमत आउने गरि चूनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पारे ।

    खनालले स्थानीय तहमा जसलाई बोक्यो, उसलै आगामी निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार