काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसलाई एक्लो पारेर महागठबन्धन गर्ने कोसिस भइरहेको बताएका छन्। पार्टीनिकट पत्रकारहरुको संगठन प्रेस युनियनको महाधिवेशन उद्घाटन शत्रमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रभित्र कम्युनिस्ट एकता भन्नेहरु छन्। एकीकृत समाजवादीभित्र पनि त्यस्तै भनिरहेका छन्। अन्तर्राष्ट्रिय शक्तिले पनि नेपाली कांग्रेसलाई एक्लो पारेर महागठबन्धन गर्ने कोसिस गरिरहेका छन्। यो प्रजातान्त्रिक आन्दोलन कमजोर पार्ने कोसिस हो।’
उनले सहमति, सहकार्य र एकताको बाटो बीपी कोइरालकै भएकाले त्यही मूल बाटोमा कांग्रेसलाई हिँडाइरहेको जिकिर गरे। आफ्नै पार्टीका गठबन्धनविरोधी नेताहरुतर्फ इंगित गर्दै उनले थपे, ‘कम्युनिस्टसँग मिल्न हुँदैन भनेर मानिसहरुले प्रचार गर्छन्। बीपीले एकता भनेको नेपालको राष्ट्रियता बलियो बनाउन एकता हो, नेपाल सुदृढ गर्न एकता भनिएको हो। नेपालका राष्ट्रिय शक्ति एक भए भने स्थिरता कायम रहन्छ। त्यसैले गठबन्धन गरिरहेका छौं।’
गठबन्धनको खिलापमा प्रचार भइएरहेको बताउँदै उनले आजको आवश्यकता नै यही (गठबन्धन) रहेको दाबी गरे। उनले स्थिरता, शुसासन, सामाजिक न्याय र विश्वासका लागि गठबन्धन जरुरी भएको दोहोर्याए। कम्युनिस्टले देश चलाउन नसक्ने उल्लेख गर्दै पौडेलले गठबन्धन कम्तीमा चुनावसम्म आवश्यकता रहेको बताए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend