काठमाडौं । स्थानिय निकाय निर्वाचन सकिएसंगै बिभिन्न पार्टीहरुमा भएको अन्तर्घात र वादविवादको प्रभाव बाहिर आउन थालेको छ ।
माउ पार्टीमाथि विभिन्न आरोप लगाउँदै आज रौटहटको गौर नगरपालिकाका निवर्तमान मेयर अजय कुमार गुप्ता सहित करिब एकसय जनाले पार्टी परित्याग गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट मेयर पदका प्रत्यासि रहेका गुप्ताले पार्टी नेता तथा सोहि क्षेत्रबाट प्रतिनिधिसभा सदस्य रहेका अनिल कुमार झाले असहयोगि भुमिका खेलेको भन्दै उनिहरुले पार्टी परित्याग गरेको जनाएका छन् ।
रौतहटको सदरमुकाम गौरमा पत्रकार सम्मेलनगरी ती नेता कार्यकर्ताहरुले औपचारिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनिहरुले सांसद झा र प्रदेश सांसद बाबुलाल साह कानुले गएको स्थानीय तहको निर्वाचनमा असहयोगी भूमिका निर्वाह गरेको र प्रतिपक्षिलाई सहयोग पुर्याएको आरोप लगाएका हुन् ।
पार्टी परित्याग गर्नेमा गौर नगरपालिकाका निवर्तमान मेयर गुप्ता, उपमेयरकी प्रत्यासी उषा झा, वडा नम्बर ५ का पूर्व अध्यक्ष रामस्वार्थ यादव, वडा नम्बर ९ का पूर्वअध्यक्ष राजेश सिंह, वडा सदस्य भैरो महतो, बैजनाथ महतो लगायत छन् ।
पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरुले नेकपा एमालेमा प्रवेश गर्ने तथारी थालेको बुझिएको छ । पुर्व मेयर गुप्ताले एमाले अध्यक्ष केपि शर्मा ओलिलाई काठमाडौंमा भेट समेत गरेका छन् ।
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend