काठमाडौं । स्थानिय निकाय निर्वाचन सकिएसंगै बिभिन्न पार्टीहरुमा भएको अन्तर्घात र वादविवादको प्रभाव बाहिर आउन थालेको छ ।
माउ पार्टीमाथि विभिन्न आरोप लगाउँदै आज रौटहटको गौर नगरपालिकाका निवर्तमान मेयर अजय कुमार गुप्ता सहित करिब एकसय जनाले पार्टी परित्याग गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट मेयर पदका प्रत्यासि रहेका गुप्ताले पार्टी नेता तथा सोहि क्षेत्रबाट प्रतिनिधिसभा सदस्य रहेका अनिल कुमार झाले असहयोगि भुमिका खेलेको भन्दै उनिहरुले पार्टी परित्याग गरेको जनाएका छन् ।
रौतहटको सदरमुकाम गौरमा पत्रकार सम्मेलनगरी ती नेता कार्यकर्ताहरुले औपचारिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनिहरुले सांसद झा र प्रदेश सांसद बाबुलाल साह कानुले गएको स्थानीय तहको निर्वाचनमा असहयोगी भूमिका निर्वाह गरेको र प्रतिपक्षिलाई सहयोग पुर्याएको आरोप लगाएका हुन् ।
पार्टी परित्याग गर्नेमा गौर नगरपालिकाका निवर्तमान मेयर गुप्ता, उपमेयरकी प्रत्यासी उषा झा, वडा नम्बर ५ का पूर्व अध्यक्ष रामस्वार्थ यादव, वडा नम्बर ९ का पूर्वअध्यक्ष राजेश सिंह, वडा सदस्य भैरो महतो, बैजनाथ महतो लगायत छन् ।
पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरुले नेकपा एमालेमा प्रवेश गर्ने तथारी थालेको बुझिएको छ । पुर्व मेयर गुप्ताले एमाले अध्यक्ष केपि शर्मा ओलिलाई काठमाडौंमा भेट समेत गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend