Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित


    आइतबार, असार १२ २०७९
    940
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभा बैठक गणकपुरक संख्या नपुगेपछि स्थगित गरिएको छ ।

    आइतबार बसेको बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रममा सांसद झपटबहादुर रावलले गणकपुरक संख्या एकिन गर्न माग गरेका थिए । 

    यसपछि गणकपुर संख्या भए नभएको एकीन गर्ने क्रममा संख्या नपुगेको पुष्टि भएपछि सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका लागि बैडक स्थगित गरेका हुन् । 

    कुनै पनि प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य अर्थात ६९ जना सदस्य आवश्यक पर्नेमा ६३ जनामात्र उपस्थित देखिएकाले आधा घण्टाका लागि बैठक स्थगित भएको सभामुख सापकोटाले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार