Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउन माग गर्दै प्रदर्शन


    शुक्रबार, साउन ९ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । श्रीमतीको बिभत्स हत्या गरेर सब टुक्रा टुक्रा पारी जंगलमा लगेर फाल्ने हत्यारा रञ्जन कोइरालालाई सर्वोच्च अदालतले कैद संजाय घटाएपछि त्यसको चौतर्फी बिरोध भएको छ । जिल्ला अदालत र उच्च अदालतले सर्वस्वसहित जन्मकैदको संजाय सुनाएका कोइरालालाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाकै नेतृत्वको इजलासले छाड्ने निर्णय गरेको बिरोधमा शुक्रबार माइतीघरमा प्रदर्शन भएको छ ।

    स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट भएको उक्त प्रदर्शनमा प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन माग गर्दै प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरिएको थियो ।

    प्रधानन्यायाधीश राणा र अर्का न्यायाधीश तेजबहादुर केसीको इजलासले सशस्त्रका पूर्वडीआइजी रन्जन कोइरालालाई संजाय घटाएर ८ बर्ष ६ महिनामै छाड्न आदेश दिएपछि उनी बिहीबार जेलमुक्त भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार