Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अहिलेसम्म ५२८ पालिकाको मतपरिणाम सार्वजनिकः कांग्रेसको २३९, एमालेको १४७ र माओवादीको १०२


    बिहिबार, जेष्ठ ५ २०७९
    530
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ ।  पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५ सय २८ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १ सय ५४ वटा नगरपालिका र ३ सय ७४ वटा गाउँपालिका गरी ५ सय २८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

    कांग्रेस
    अहिलेसम्म नेपाली कांग्रेस २ सय ३९ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८० नगरपालिकाको मेयर र एक सय ५९ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । 
    यस्तै कांग्रेसले ६० वटा नगरपालिकाको उपमेयर र एक सय ६३ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २ सय २३ पालिका जितेको हो । कांग्रेसले २ हजार १ सय ७५ वटा वडाध्यक्ष पद जितेको छ ।

    एमाले 
    एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ४६ वटा नगरपालिकाको मेयर र १ सय १ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ४७ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ५७ वटा नगरपालिकाको उपमेयर, सय वटा गाउँपालिकाको उपाध्यक्ष गरी उपमेयर तथा उपाध्यक्ष १ सय ५७ वटा जितेको छ । एमालेले एक हजार ६ सय ९३ वटा वडाध्यक्ष जितेको छ ।

    माओवादी 
    नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८६ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय २ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २४ वटा नगरपालिकाको उपमेयर, ८४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ८ वटा उपमेयररउपाध्यक्ष जितेको छ । माओवादीले अहिलेसम्म ९ सय ८ वटा वडाध्यक्ष पद जितेको छ । 

    नेकपा (एकीकृत समाजवादी)
    नेकपा एकीकृत समाजवादीले ४ वटा नगरपालिकाको मेयर, पाँच वटा गाउँपालिकाको अध्यक्ष तथा पाँच वटा नगरपालिकाको उपमेयर जितेको छ । नेकपा एकीकृत समाजवादीले उपमेयर र उपाध्यक्ष गरी १५ वटा पालिकामा जितेको छ ।

    जसपा
    जसपाले १२ वटा पालिकामा अध्यक्ष र १० वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । जसपाले १ सय ८७ वटा वडाअध्यक्ष जितेको छ । 

    अन्य दल स्वतन्त्र
    अरु दल र स्वतन्त्रले गरी २१ वटा पालिका जितेका छन् । त्यस्तै १५ वटामा उपमेयररउपाध्यक्ष जितेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार