Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौँडामा फेरि राप्रपाको अग्रता


    मंगलबार, जेष्ठ ३ २०७९
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि त्रिपक्षीय भिडन्त थप रोचक बन्दै गएको छ । उपमहानगरपालिकाको २२ हजार ८५० मत गणना गरिसक्दा मेयर पदमा राप्रपाबाट उम्मेदवारी दिएका दीपक बहादुर सिंहले फेरि अग्रता लिएका छन् ।

    सिंहले अहिलेसम्म ८ हजार २६५ मत प्राप्त गर्दै अग्रता लिएका छन् । गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले ८ हजार ६७ मत ल्याउदै दोस्रो स्थानमा रहेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ६ हजार ५२१ मत प्राप्त गर्दै राप्रपाका सिंह भन्दा १ हजार ७४४ मतान्तरले पछि परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार