काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन परिणाम आफू अनुकूल नआएपछि धाँधली र ‘बुथकब्जा’ भएको विज्ञप्ति निकालेको छ । एमालेले आइतबार निकालेको बिज्ञप्तिमा १७ ठाउँमा बुथकब्जा भएको दाबी गरिएको छ । एमालेले तीन चरणमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप पनि लगाएको छ ।
एमालेले निर्वाचनकै दिन बैशाख ३० गते साँझ स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा निष्पक्ष रुपमा सम्पन्न भएको विज्ञप्ति निकालेर सबैलाई धन्यवाद दिएको थियो । बैशाख ३१ गतेबाट प्रारम्भिक परिणाम आउने क्रम सुरु भयो । जेठ १ गते बिहानसम्म एमालेको पराजयको परिणाम आउने क्रम बढ्दै गएपछि धाँधली भएको विज्ञप्ति निकालेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेले निर्वाचनमा धाँधली भएको भन्दै विज्ञप्ति निकालेर मतदाताको अभिमतको अबमूल्यन गरेको आरोप लगाएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले) ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend