Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा गठबन्धनका आचार्यको अग्रता कायमै, पछ्याउँदै एमाले


    आइतबार, जेष्ठ १ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले १ सय ५ मतको अग्रता लिएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ को ३ हजार ८ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् ।

    आचार्यले १ हजार ५ सय ८५ मत पाउँदा उनको निकटतम प्रतिस्पर्धी कृष्ण थापाले १ हजार ४ सय ८० मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ६ सय ७६ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जु गुरुङले १ हजार ५ सय ३२ मत पाइन् । उनीहरूको मत अन्तर १ सय ४४ छ । पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार