Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जन्तेढुंगा गाउँपालिकामा गठबन्धनको उम्मेदवार विजयी


    आइतबार, जेष्ठ १ २०७९
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का विजयी भएका छन् । अरुणादेबीले २८ सय ८१ मत र खड्काले २८ सय पाँच मत पाएर विजयी भएका हुन् ।
     
    निटकतम प्रतिद्धन्द्धी नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखरबहादुर राईले २५ सय ७५ मत र उपाध्यक्षका उम्मेदवार विमला राईले २४ सय ९५ मत पाएका छन् ।
     
    २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका शंखबहादुर र विमलालाई एमालेले पुःन दोस्रो कार्यकालका लागि यथास्थानमा टिकट दिएको थियो । जन्तेढुंगा गाउँपालिकाका–६ वडामध्ये एक वडामा मात्र एमालेको उम्मेदवार वडाध्यक्षमा विजयी भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार