स्याङ्जा । नेताहरुले आफू पदमा पुगेपछि परिवारका सदस्यहरुलाई पनि लाभको पदमा पुर्याउन खोज्ने गर्दछन् । जनताको सेवा गर्न राजनीति गर्ने भन्दै नेताहरुले आफन्तलाई लाभको पदमा पुर्याउन खोज्दा एमालेकी सचिव पदमा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा अर्यालका पति पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बनेका थिए । उनलाई कांग्रेसका युवा उम्मेदवार सम्भव अर्यालले पराजित गरेका छन् । अर्यालले झन्डै दोब्बर मतान्तरले पौडेललाई पराजीत गरिदिएका छन् ।
वालिङ नगरपालिकाको वडा १ मा १८३४ मत खसेको थियो । विजयी अर्यालले १ हजार ११२ मत ल्याएका छन् । पराजित पौडेलले ६४५ मत पाए । पौडेल अर्यालसँग ४६७ मतले पराजीत भएका छन् । वालिङको १ नम्बरक वडामा कांग्रेसले वडाध्यक्षसहित प्यानलै जितेको छ ।
मन्त्री अर्यालले श्रीमान लक्ष्मीपतिलाई जिल्ला समन्वय समितिको प्रमुख बनाउनका लागि वडा सदस्यमा उम्मेदवार बनाएकै कारण एमालेले नै मत नदिएकाले उनी पराजीत हुन पुगेको समाचार स्रोतले बतायो । पतिलाई जिसस प्रमुख बनाउने र सूर्यप्रसाद गैरे(पारस)लाई गल्याङ नगरपालिकाको मेयरमा उम्मेदवार बनाएपछि स्याङ्जा एमालेका नेताहरु नारायण मरासिनी, सुधीर पौडेल लगायत एमाले सचिव अर्यालसँग रुष्ट भएका थिए ।
अर्यालको कार्यशैलीले गर्दा एमालेमा असन्तुष्टि बढेकाले स्याङ्जामा धेरै पालिकामा एमाले क्लीनस्वीप हुने संकेत देखिसकेको छ । लक्ष्मीपति पौडेल यसअघि २०५४ मा जिल्ला विकास समितिका उपसभापति भएका थिए ।
पदमा अर्यालले माओवादीबाट आएका गैरेलाई पार्टी अध्यक्ष बनाउँदै पार्टीमा असन्तुष्टि चुलिएको थियो ।
मेयरमा उम्मेदवार बनाएर दोहोरो जिम्मेवारी दिने निर्णय गरेपछि स्याङ्जा एमालेभित्र अर्यालको कदमको आलोचना भएको थियो । तर खड्ग ओलीको निकट भएकाले अर्यालले कारबाही गर्ने भयका कारण कोही पनि सार्वजनिक रुपमा बोल्न सकिरहेका थिएनन् । तर मन्त्री अर्यालकै घर भएको वालिङ नगरपालिका १ मा उनका पति लक्ष्मीलाई हराएर असन्तुष्टि प्रकट गरेका छन् । पारस गैरेलाई नेकपाको अध्यक्ष हुँदा पोखराका सार्वजनिक जग्गा दर्ता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी लगेको थियो । तर ओलीबाट दबाब दिएर पदमाले उनलाई मुद्दा चलाउन नदिई छुटाएकी थिइन् ।
एमालेमा थुप्रै क्षमता भएका सिनियर महिला नेतृ हुँदाहुँदै ओलीले पदमा अर्याललाई स्वास्थ्य, भूमिब्यवस्था मन्त्रालय, कृषि मन्त्रालयको जिम्मेवारी दिए । पार्टीमा सचिव नै बनाए । राधा ज्ञवालीजस्ता महिलाको हुर्मत लिएर पदमालाई रकेट शैलीमा पदमाथि पद दिएर पुरस्कृत गरिएको थियो । उनले पनि पदको दुरुपयोग गर्दै पतिलाई जिसस प्रमुख बनाउन खोज्दा मतदाताले वडामै पराजीत गरिदिएका छन् । उनका श्रीमान लक्ष्मपतिले उनी ३ बर्ष स्वास्थ्य राज्यमन्त्री, भूमिब्यवस्थादेखि कृषि मन्त्री हुँदा सेटिङ गर्ने जिम्मा पाएका थिए ।
पत्नी मन्त्री हुनुअघिसम्म मोटरसाइकलमा आउजाउ गर्ने लक्ष्मीपतिको आर्थिक हैसियत ६० लाखको स्कारपियो चढ्ने तहमा पुगेको वालिङबासीले देखेकैले उनलाई वडामै पराजयको सामना गर्ने अवस्थामा पुर्याइदिएका छन् ।
पदमा अर्यालले गिरीबन्धु टी स्टेटको हदबन्दीको जग्गा फुकुवादेखि अरबौंका सरकारी जग्गा दर्ता र मालपोतमा बिचौलियाहरुको ब्यवस्था गर्ने निर्णय गर्दा अकूत सम्पत्ति आर्जन गरेको आरोप छ । उनले कृषि मन्त्री हुँदा पनि नक्कली मल आयात गरी अरबौं रुपैयाँ घोटाला गरेकाले अख्तियारले मुद्दा पनि दायर गरेको छ । मलको घुस अर्यालले खाए पनि अख्तियारले मुद्दा भने कृषि सामग्री कम्पनीका कर्मचारीबिरुद्ध मात्र दायर गरेको छ ।
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend