Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बैतडीका १० स्थानीय तहमध्ये ६ मा एमाले, तीनमा कांग्रेस र एकमा माओवादीको अग्रता


    आइतबार, जेष्ठ १ २०७९
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी । १० स्थानीय तह रहेको बैतडीका ६ पालिकामा एमालेले अग्रता लिएको छ । कांग्रेसले तीन र एक पालिकामा माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ । 

    एमालेले अग्रता लिएका पालिकामा दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा दोगडाकेदार, पञ्चेश्वर र सुर्नया गाउँपालिका छन् । 

    कांग्रेसले पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकामा अग्रता कायम राखेको छ । 

    डिलाशैनी गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र रानाले अग्रता हासिल गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार