सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका उमेद्वार विजयी भएका छन् ।
नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका रामेश्वर प्रसाद महतो विजयी भएका हुन् । महतोले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत प्राप्त गरे । उनकाे पक्षमा ६ सय ४६ मत परेको छ । यस्तै, महतोका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार सुशिल कुमार राय यादवले ३ सय ७१ मत मात्र प्राप्त गरे ।
यस्तै, गाउँपालिकामा पनि नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ । पछिल्लो मत परिणामअनुसार मेयर पदको लागि कांग्रेसका उम्मेदवारकाे पक्षमा ७ सय ८० मत परेको छ । लोकतान्त्रिक समाजवादी र नेकपा(माओवादी केन्द्र) का उम्मेदवारलाई क्रमश:३ सय ५७ र २ सय ९७ मत परेको छ ।
उपमेयर पदमा नेपाली कांग्रेसकी मंजु देवीलाई ५ सय ८४ मत परेको छ भने लोसपाकी उम्मेदवार कुन्तिदेवी साहलाई ३ सय ४९ र माओवादी केन्द्रकी उम्मेदवार गिता देवी महतोलाई ३ सय ८५ मत परेको छ ।
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend