काठमाडौं, ६ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले कृषि क्षेत्र उठाउन सानोतिनो मेहनतबाट उठाउन संभव नहुने बताएका छन् । नेपाल उद्योग परिसंघले सोमबार गरेको वेबिनार (भर्चुअल कार्यक्रम) मा मन्त्री भूसालले कोभिड–१९ को महामारीका कारण संकटमा परेको कृषि क्षेत्र उठाउन राज्यको भूमिका बढाउनुपर्ने बताए ।
“महामारीका कारण समस्या कृषि क्षेत्र नै बढी संकटमा छ भने समाधान पनि कृषि क्षेत्रबाटै संभव देखिएको छ” मन्त्री भूसालले भने, “त्यसका लागि राज्यको भूमिका बढाउनुपर्ने हुन्छ ।” मन्त्री भूसालले सरकारले यो क्षेत्रमा बजेट बढाएर ल्याउने बताए । “कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा २७ प्रतिशत योगदान रहेको अनि ६० प्रतिशत जनसंख्या आवद्ध भएको कृषि क्षेत्रलाई दुई प्रतिशत जति बजेट छुट्याएर मात्रै पुग्नेवाला छैन”, उनले भने ।
महामारीका कारण संभावित भोकमरीबाट बच्न सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने अवस्था आएको बताए । मन्त्री भूसालले तत्कालीन समस्या मात्रै नभएर कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि नै मन्त्रालयले ‘सुरक्षित कृषि, सुनिश्चित बचत’को कार्यक्रम ल्याएको बताए ।
किसानले अपहेलित भएर बस्नुपर्ने तत्कालीन अवस्थाबाट मुक्त हुँदै कृषि क्षेत्रमा लगानी बढाउने अवसर समेत अहिले तयार भएको उनले बताए । “कृषि उत्पादन बढाउन संघीयतामा जानुको विकल्प छैन । उत्पादन, भण्डारण र बजारीकरणको संयन्त्र सवै स्थानीय तहसम्म लैजानुपर्छ”, मन्त्री भूसालले भने । कृषि उत्पादन बढाउन स्थानीय सरकारलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने मन्त्री भूसालको भनाइ छ ।
कृषि क्षेत्रको यान्त्रीकरण भाषणले मात्रै नहुने भएकाले वस्तुगत तथ्यका आधारमा सरकारले योजना ल्याउनुपर्ने उनले बताए । “पहिले हामीलाई पुग्ने खाद्यन्न उत्पादन गर्ने अवस्था सिर्जना गर्नुपर्छ । जतिसक्दो चाँडो आयात अन्त्य गरेर यान्त्रीकरणमा जान सकिन्छ”, मन्त्री भूसालले भने । त्यसका लागि ठूलो संख्यामा उत्पादन बढाउनुपर्ने मन्त्री भूसालले बताए ।
निजी क्षेत्रलाई आह्वान
कृषि क्षेत्रमा राज्यको भूमिका बढाउनुपर्ने आवश्यकतामा जोड दिएका मन्त्री भूसालले नीजि क्षेत्रलाई लगानीका लागि आह्वान गरे । महामारीकै कारण १५ लाख अतिरिक्त श्रमशक्ति थपिने, ३० प्रतिशत पहाडी जमिन बाँझो भएको र सरकारले समेत कृषि क्षेत्रमा लगानी सुनिश्चित गर्ने कार्यक्रम ल्याएकाले नीजि क्षेत्रले लगानी गर्ने राम्रो अवसर भएको उनले बताए ।
“महामारीकै कारण सिर्जित समस्या हल गर्न सकिएन भने यो अवसर नभएर चुनौती मात्रै रहन्छ”, मन्त्री भूसालले भने । यसका लागि सरकारले नीजि क्षेत्रसँग सहकार्य गरेर कृषि क्षेत्र उकास्न तयार रहेको उनको भनाइ छ । यसका लागि चक्लाबन्दी कार्यक्रमको विकल्प नरहेको मन्त्री भूसालको भनाइ छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend