काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल आफ्नो भ्रमण पूरा गरी आज स्वदेश फर्कँदैछ । रास्वपाका महामन्त्रीको नेतृत्वमा गएको उक्त प्रतिनिधिमण्डलले नोभेम्बर १५ देखि २६ सम्म चीनको भ्रमण गरेको हो ।
रास्वपाका सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार यो भ्रमण एकअर्कालाई बुझ्ने र नेपाल–चीन सहकार्यका सम्भावनाबारे खुलेर संवाद गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहेको छ ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डल र चिनियाँ पक्षबीच उच्चस्तरीय राजनीतिक संवादसमेत भएको छ । सीपीसीका वरिष्ठ नेता ली शुलेई र रास्वपाका महामन्त्रीबीच करिब डेढ घण्टा भएको भेटवार्तामा दुई दलबीच एकअर्काको दृष्टिकोण बुझ्ने र आगामी सहकार्यबारे विचार आदानप्रदान गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
भ्रमण टोलीले चीनका छेन्दु, हाङझाउ र बेइजिङस्थित विभिन्न विश्वविद्यालय, औद्योगिक तथा व्यापारिक क्षेत्र र सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गरेको थियो । त्यस्तै, वेनचुआनमा भूकम्पपछिको पुनर्निर्माण तथा विपद्पश्चात् बस्ती र जनजीवन पुनःस्थापनासम्बन्धी कार्यहरूको पनि टोलीले स्थलगत अवलोकन गरेको छ ।
यसैगरी, चिनियाँ निजी क्षेत्रसँग भएको अन्तरक्रियामा नेपाली उत्पादनलाई चिनियाँ बजारसँग कसरी जोड्न सकिन्छ र नेपालमा लगानीका अवसर कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा विशेष छलफल भएको रास्वपाले जनाएको छ ।
भ्रमणका क्रममा युवा सीप विकास, नेपाली उत्पादनको बजार विस्तार, पर्यटन, उद्योग, ऊर्जा तथा पूर्वाधारमा चिनियाँ लगानी र विपद् व्यवस्थापनका क्षेत्रमा भएका छलफललाई ठोस परिणाम दिन सम्बन्धित निकाय र निजी क्षेत्रसँग मिलेर पार्टीका तर्फबाट पहल गरिने रास्वपाले स्पष्ट पारेको छ ।
भ्रमणका क्रममा प्राप्त आत्मीय स्वागत र आतिथ्यका लागि रास्वपाले सीपीसी तथा चिनियाँ पक्षलाई धन्यवाद ज्ञापन गर्दै भ्रमणलाई सफल बनाउन भूमिका खेल्ने प्रतिनिधिमण्डलका सबै सहकर्मीप्रति आभार व्यक्त गरेको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले इलामको सूर्योदय नगरपालिकाका विभिन्न सीमा क्षेत्रबाट अवैध निकासी तथा पैठारी हुँदै गरेका १६ लाख ५३ हजार २५० रुपैयाँ...
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ । गृहमन्त्रालय स्रोतका अनुसार, उनलाई भारतको कोलकत्ताबाट पक्राउ गरेर केहीबेर अघि काठमाडौं ल्याइपुर्याइएको हो । उनलाई स्थलमार्ग हुँदै...
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब पाँच किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको केरला मुलरिया ठेगाना भएका २९...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार टेकुस्थित बायो-मिथेनेसन प्लान्टको परीक्षण...
काठमाडौं । पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend