Nepal Face
  • शुक्रबार, १२ मंसिर २०८३
  • १ हजार ४ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    बिहिबार, मंसिर ११ २०८३
    150
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज ९बिहीबार० सुन (चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो।

    सँगै आज छापावाल सुनको मूल्य तोलाको २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार चाँदी तोलाको ३ हजार ४० रुपैयाँमा किनबेच भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार