Nepal Face
  • बिहिबार, ११ मंसिर २०८३
  • वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै


    बिहिबार, मंसिर ११ २०८३
    70
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ ।

    काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माणको शिलान्यास गरिन्। पुल चार करोड ७१ लाख ३४ हजार ७२७ मा निर्माण गरिने छ । निर्माण आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ ।

    पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्या सार्न मिल्नेगरी लिफ्ट जडान गरिनेछन् । अस्पतालका दुई भवनबीच महाबौद्धतर्फ जाने मूल सडक रहेकाले मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा जान बिरामीले सडक पार गर्नुपर्ने हालको बाध्यता पुल र लिफ्ट सञ्चालनमा आएपछि अन्त्य हुनेछ ।

    पुलका दुवैतर्फ अस्पताल परिसरभित्रै लिफ्ट र भर्‍याङ पनि निर्माण गरिने महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार