काठमाडौँ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टर खाली गर्न सूचित गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै आगामी मंसिर ११ गते (२०८३/०८/११) दिउँसो २:०० (१४:००) बजेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको हो ।
काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित भई उक्त होल्डिङ सेन्टरमा बस्दै आएका परिवारहरूको हकमा भूमि समस्या समाधान समिति, काठमाडौंको च.नं. ५४८ (मिति २०८३/०८/०९) को पत्रअनुसार प्रशासनले यो कदम चालेको हो ।
सूचनामा उल्लेख भएअनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरण जाँच गर्दा होल्डिङ सेन्टरमा रहेका घरमूली वा निजका परिवारका सदस्यहरूमध्ये ७ परिवारको नाममा जग्गा रहेको देखिएको छ । भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार ती ७ परिवार भूमिहीन नठहरिने प्रशासनले जनाएको छ ।
यसैगरी, जग्गा नदेखिएका अन्य १२ परिवारको हकमा सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने प्रयोजनका लागि कारबाही अगाडि बढी निस्सा समेत प्राप्त भइसकेको सूचनामा उल्लेख छ ।
प्रशासनले प्राप्त निस्सा बुझिलिन र होल्डिङ सेन्टरमा रहेका भूमिहीन नठहरिने भएका तथा जग्गा देखिएका सम्पूर्ण व्यक्तिहरूलाई तोकिएको मिति र समयभित्रै सेन्टर खाली गर्न सूचित गरेको छ ।
साथै, जग्गा नदेखिएका परिवारहरूको हकमा नेपाल सरकारले घरभाडा स्वरूप तोकिदिएको सुविधा समेत बुझिलिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुरोध गरेको छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहबीच शुक्रबार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न...
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्व मुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि ४ दिन प्रहरी हिरासतमा राख्न समय दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...
0काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् आयात गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ । चौबिसै घण्टा विद्युत् आपूर्ति (राउन्ड द क्लक-आरटीसी)...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा मुलुकको समसामयिक...
काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि शुक्रबार सरकारी वकिल कार्यालयमा लगिएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend