Nepal Face
  • बिहिबार, ११ मंसिर २०८३
  • दानबहादुर कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा


    बुधबार, मंसिर १० २०८३
    160
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा हुने भएको छ ।

    आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले आईजीपीमा पुनर्वाहलीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    यसअघि दुई पटकसम्म कार्कीको मुद्दाका पेसी तोकिएको थियो । ७ मंसिरमा सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी परेको थियो ।

    कार्कीलाई सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि आईजीपीमा बढुवा गरिएका डा। मनोजकुमार के।सी।ले म्याद बुझेको प्रमाण पेस नभएको भन्दै ७ मंसिरको सुनुवाइ ९ मंसिरलाई पेसीको मिति तोकेर सकिएको थियो ।

    १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । उनको ठाउँमा डा. मनोजकुमार के।सी।लाई आईजीपी बनाइएको थियो ।

    उक्त रिटको पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार