काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको भेटवार्तापछि दुवै देशका प्रतिनिधिबीच आठवटा विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीले सुरक्षा, शिक्षा, स्वास्थ्य, प्रविधि र विकासका क्षेत्रमा दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ ।
समझदारीअनुसार अब नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र भारतको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालयबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ । त्यस्तै, प्रहरीको क्षमता अभिवृद्धि र तालिमका लागि भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच सहकार्य गर्ने सहमति भएको छ ।
सरकारी कर्मचारीको क्षमता विकासका लागि भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच पनि सहकार्य हुनेछ । यसअन्तर्गत नेपाली प्रशासनिक अधिकारीहरूलाई तालिम प्रदान गरिनेछ ।
त्यसैगरी, आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धति, स्वास्थ्य सेवा र चिकित्सकीय क्षेत्रमा संयुक्त रूपमा काम गर्ने समझदारी भएको छ ।प्रविधितर्फ भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरो र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने सहमति भएको छ ।
यसका अतिरिक्त दिगो सहरी विकास, पशुपालन तथा मत्स्यपालनको विकासमा पनि दुवै देशले प्राविधिक तथा संस्थागत सहकार्य गर्ने भएका छन् । यी समझदारी कार्यान्वयनमा आए दुई देशबीच सुरक्षा, जनशक्ति विकास, स्वास्थ्य, प्रविधि र आर्थिक विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर विस्तार हुने अपेक्षा गरिएको छ ।
के के भयो समझदारी ?
१. फरेन्सिक विज्ञानमा सहकार्य : गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।
२. प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ ।
३. प्रशासनिक अधिकारीहरूको तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन्।
४. आयुर्वेद र परम्परागत चिकित्सा : दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन्।
५. स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ।
६. सहरी विकास : दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन्।
७. स्वास्थ्य र चिकित्सा : भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्नेछन्।
८. पशुपालन र मत्स्यपालन : दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन्।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवादमा काँग्रेस संलग्न नहुने बताएका छन् । मंगलबार सुरु भएको पार्टीको केन्द्रीय...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफ्ना अन्य प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्री अधिकार ठेक्कामा दिने भएको छ।...
काठमाडौँ । नेपाल प्रहरीको सरुवा प्रणालीलाई पारदर्शी, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउन प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा समिति गठन गरेको...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) ले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूसहित तीन जनाको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend