Nepal Face
  • मंगलबार, ९ मंसिर २०८३
  • बालेन र मोदीले गरे चार परियोजनाको शिलान्यास र एउटाको उद्घाटन


    सोमबार, मंसिर ८ २०८३
    200
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारत भ्रमण रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सहयोगमा बनेका र बन्न लागेका पाँच परियोजनाको उद्घाटन तथा शिलान्यास गरेका छन् ।

    सोमबार नयाँ दिल्लीमा दुवै देशका प्रधानमन्त्रीले स्विच थिचेर यस्तो परियोजनाको उद्घाटन र शिलान्यास गरिएको हो । त्यसमध्ये चार परियोजना शिलान्यास भएका छन्, एउटाको उद्घाटन भएको छ ।

    यसमध्ये भारतको धार्चुलाबाट नेपालको दार्चुलालाई जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ ।

    त्यस्तै, बनबासा नाकामा एकीर्कत जाँच चौकीको शिलान्यास गरिएको छ ।

    मोतीहारी अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन गरिएको छ। यो परियोजना अन्तर्गत भारतबाट पाइपलाइनमा पेट्रोल र मट्टितेल आउन थालेको छ ।

    झापाको चारआलीमा बन्न लागेको ग्यास पाइपलाइनको समेत शिलान्यास गरिएको छ । ६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माणको शिलान्यास समेत गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार