Nepal Face
  • मंगलबार, ९ मंसिर २०८३
  • जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन


    सोमबार, मंसिर ८ २०८३
    160
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु भएको छ ।

    नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका छन् ।

    भर्चुअल माध्यमबाट उद्घाटन गरे लगत्तै अयोध्याबाट रेल जनकपुरका लागि हिँड्ने छ । अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेलका उच्च पदाधिकारीहरूले जनकपुर जाने रेलको बिदाइ गर्नेछ ।

    यससँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक शहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन् ।

    भारतीय रेलवे विभागले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न यसअघि नै स्वीकृति दिइसकेको थियो ।

    करिब ६०४ किलोमिटर दूरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ।

    भारतीय रेलवे विभागका अनुसार यो रेल सातामा एकपटक दुईतर्फी रूपमा चल्नेछ । रेलवे बोर्डको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १स्१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८स्१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यस्तै, प्रत्येक सोमबार साँझ ५स्५० बजे अयोध्या क्यान्टबाट ९रेल नं। १५५९६० छुटेर जनकपुरधाम आउनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार