काठमाडौं । १५ बर्षअगाडि एक स्वास्थ्य सामग्री आपूर्तिकर्ताको डिजाइनमा बनाइएको स्वास्थ्य उपकरणको स्पेसिफिकेसन हालसम्म पनि कायमै राखिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालदेखि बिभिन्न प्रतिष्ठानमा सेटिङ गर्न सहज भएकाले उक्त स्पेक १५ बर्षसम्म पनि कायमै राखी उपकरण खरिद हुँदैआएको छ ।
युएसएफडीएको नाममा एउटा भ्रष्टाचारको जालो १५ बर्षदेखि बुनिएको तथ्य घामजत्तिकै छर्लङ्ग भएकाले जेनजी बिद्रोहबाट आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृत्वको सरकारले यसलाई चिर्ने अपेक्षा गरिएको थियो । तर स्वास्थ्य मन्त्रालयको एक समूह र २ वटा कम्पनीको सेटिङमा युएसएफडीए नाममा स्पेक लक गरी स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार हुँदैआएको छ ।
युएसएफडीए के हो ?
स्वास्थ्य उपकरण खरिद गर्दा एउटा गुणस्तरको मापन गरिन्छ । युएसएफडीए (युएस फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन) भनेको अमेरिकी सरकारबाट दिइने गुणस्तर चिह्न हो । के युएसएफडीए नहुँदा अमेरिकाबाहेकका देशका अस्पतालमा गरिने परीक्षण गुणस्तरहीन छन् त ? विश्वका धेरै देशमा स्वास्थ्य उपकरणमा अमेरिकी गुणस्तर आवश्यक मानिँदैन । र, त्यो गुणस्तर लिन पनि धेरै देशले चाहँदैनन् ।
नेपालकै छिमेकी देश भारत र यूरोपदेखि चीनसम्मले अमेरिकी गुणस्तर चिह्न युएसएफडीए लिएका छैनन् । तर ती देशको स्वास्थ्य परीक्षण गुणस्तरीय मानिन्छ । नेपालका आधाभन्दा बढी पहुँच भएकाहरु भारतमै उपचार गर्न जाने गरेका छन् । भारतीय अस्पतालमा उपकरण गुणस्तरीय भएकाले उपचारमा गएको धारणा धेरैको सुन्न र पढ्न पाइन्छ । भारत, यूरोपियन देशहरुले अमेरिकी गुणस्तर चिह्न नलिए पनि ती देशका उपकरण गुणस्तरीय मानिन्छन् । अमेरिकी गुणस्तर चिह्न युएसएफडीए लिन महंगो शुल्क तिर्नुपर्ने भएकाले ती देशले लिनै छाडेका छन् ।
ईयुसीई के हो ?
ईयुसीई भनेको यूरोपियन देशमा दिइने स्वास्थ्य उपकरणको गुणस्तर मापन चिह्न हो । यो गुणस्तरीय चिह्न र युएसएफडीए चिह्नमा कुनै भिन्नता छैन । दुबै एउटै गुणस्तर मानिन्छ । नेपालमा डाक्टर, बायोमेड इन्जीनीयर र सप्लायर्स मिली टेण्डर प्रकाशित गर्दा युएसएफडीएलाई फोकस गरिएको पाइन्छ ।
विज्ञ भनेर डाक्टर र वायोमेड इन्जीनीयरलाई महत्व दिइन्छ । छिमेकी देश भारत र चीनमा युएसएफडीए अनिवार्य छैन । तर ईयुसीई चाहिँ अनिवार्य छ । ईयुसीईको गुणस्तर भएको उपकरणबाट लिएको टेष्ट भारत र चीनमा गुणस्तरहीन छ त भन्ने प्रश्न पनि ज्वलन्त रुपमा नेपालमा उठाउनुपर्ने भएको छ । विज्ञ र वायोमेडका कारण स्वास्थ्य मन्त्रालयले विगत १५ बर्षदेखि युएसएफडीए अनिवार्य गरी बार्षिक रु. २ अर्ब भ्रष्टाचार भएको कसले अनुसन्धान गरिदिने हो, जटिल प्रश्न खडा भएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवादमा काँग्रेस संलग्न नहुने बताएका छन् । मंगलबार सुरु भएको पार्टीको केन्द्रीय...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफ्ना अन्य प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्री अधिकार ठेक्कामा दिने भएको छ।...
काठमाडौँ । नेपाल प्रहरीको सरुवा प्रणालीलाई पारदर्शी, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउन प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा समिति गठन गरेको...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) ले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूसहित तीन जनाको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend