Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • मलद्वारमा सुनजस्तो पदार्थ भेटिएपछि हङकङबाट आएका चिनियाँ नागरिक पक्राउ


    बुधबार, मंसिर ३ २०८३
    30
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौैं । सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेकोक छ । बुधबार नेपाल वायुसेवा निगमको आरए–४१० को उडानमार्फत् हङकङबाट काठमाडौं आएका चिनियाँ नागरिक JIANHUA WANG (राहदानी नं. HJ2526727 ) लाई २ किलो  सुनजस्तो देखिने पहेँलो पदार्थसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता ढुण्डीराज न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    CHINA, JILIN  स्थायी ठेगाना भएका ५८ बर्षीय चिनियाँ नागरिकलाई चेकजाँच गर्ने क्रममा मलद्वारभित्र प्लाष्टिकमा लुकाई छिपाई ल्याएको सुनजस्तो देखिने ठोस पदार्थ ४ पोका(किलो ) बरामद गरेको प्रहरीले जनाएको छ ।

    भन्सार एरिया पार गरी बाहिर निस्कने क्रममा फेला पारी सुनजस्तो पदार्थ बरामद गरी आवश्यक अनुसन्धान प्रचलित कानुन बमोजिम कारवाहीका लागि प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार