काठमाडौं । एक लाख ३२ हजार ३ सय ५० रूपैयाँसहित पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका वडा नं. ३ स्थित भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. रामपवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. रामपवित्र दास र सवारी चालक यादवले भ्याक्सिनेटरहरूबाट सेवा उपलब्ध गराए बापतको पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसन स्वरूप घुस माग गरेको उजुरीपछि अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । घुस लिइसकेपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख दासले आफ्नो कार्यालय प्रमुख ओहदा एवं सोसम्बन्धी जिम्मेवारीमा रहेका बखत आफ्नो कार्यालयबाट सेवा दिनुपर्ने कृषकहरूका पशु चौपायाहरूलाई खोप कार्यक्रम सम्पन्न गर्न भ्याक्सिनेटरहरू नियुक्ति दिएकोमा खोप कार्यक्रम सम्पन्न गरेपश्चात् कानुन बमोजिम पाउनुपर्ने पारिश्रमिक रकम भुक्तानी दिए दिन लगाएबापत सवारी चालक भोगेन्द्र यादवसँगको मिलेमतो तथा योजनामा भुक्तानी रकमको कम्तीमा २० प्रतिशत रकम घुस माग्ने गरेको उजुरी आयोगमा परेको थियो ।
आयोगमा परेको उजुरीपछि खटिएको टोलीले दास र यादवलाई २३ असार २०५३ मा पक्राउ गरेको थियो ।
उनीहरु दुबै जनालाई बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend