Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • औषधि ब्यवस्था बिभागका दुई अधिकारीको सरुवा, निनुलाई बिभाग, शिवानी खड्गी मन्त्रालयमा


    शुक्रबार, भाद्र २६ २०८३
    240
    Shares
    शिवानी खड्गी र निनु श्रेष्ठ
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । औषधि ब्यवस्था बिभागका २ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ । बिभागकी दशौं तहकी बरिष्ठ औषधि ब्यवस्थापक शिवानी खड्गीलाई बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गरिएको छ ।

    औषधि ब्यवस्था बिभागमा शिवानीको ठाउँमा निनु श्रेष्ठलाई ल्याइएको छ । औषधि व्यवस्था विभाग, शाखा कार्यालय, नेपालगंजमा कार्यरत श्रेष्ठलाई बिभागमा ल्याइएको हो ।

    खड्गी नारायण ढकाललाई छानबिनका लागि गएको चैतमा मन्त्रालयमा तानिएपछि औषधि ब्यवस्था बिभागको ५ महिनासम्म निमित्त महानिर्देशकसमेत भएकी थिइन् ।

    नारायण ढकाल तानिएपछि स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी सुटुक्क दिएका थिए । बरिष्ठताका आधारमा दिनुपर्नेमा ढकाललाई नै फेरि फर्काउनेगरी सचिव देवकोटाले शिवानीलाई निमित्त दिएको आरोप लागेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार