Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सघन सहरी कार्यालयका तीन कर्मचारी ८५ हजार घुससहित पक्राउ


    सोमबार, चैत्र २३ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८५ हजार रुपैयाँ घुससहित सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राईसहित तीन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

    इन्जीनीयर लेखाअधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठले भोजपुर जिल्ला, टेम्केमैयुङ गाउँपालिका वडा नं. ५ खावास्थित बिद्यालयको भवन निर्माण कार्यसँग सम्बन्धित अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियारको इटहरीबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले इन्जिनियर सुमन राईलाई ललितपुरबाट र आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठलाई धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । घुस रकम, मोबाइल ३ थान र अन्य कागजातसहित नियन्त्रणमा लिइएका तीनैजनामाथि अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार