काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई आंशिक सफाइ दिने २०८२ बैशाख २१ गतेको फैसलाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।
पौडेलसमेतका प्रतिवादीहरुले सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुनविपरीत बद्नियतपूर्वक मिलेमतो गरी परियोजनाको सम्भाव्यता अध्ययन नगरी सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिद गरेका थिए ।
दुई वटा कार्यक्रममा बजेट माग गरी बढी लागत देखाई, स्पेशिफिकेशन संशोधन गर्दासमेत संशोधनपूर्वको लागत इष्टिमेटको आधारमा खरिद कार्य गरी गराई, मनासिब कारणबिना विनियोजित बजेट, खरिद गुरुयोजनासमेतका आधारमा कार्डबेससमेत खरिद गर्नुपर्नेमा खरिदको पुष्ट्याईँ र मनासिब कारण बिना एउटै कार्यक्रममा पेपर बेससमेत गरी २ वटा प्रिन्टिङ प्रेस तथा प्रिन्ट प्रोडक्सन संचालनका लागि अत्यावश्यक नभएको Critical IT System खरिद गरेका थिए ।
यसरी आवश्यक नै नभएको Critical IT System खरिद गर्ने क्रममा ४० करोड ८५ लाख ७४ हजार ७ सय ४० रुपैयाँ हानी पुर्याउने बदनियतले खरिद गरिनु नै नपर्ने खरिद गरी गराएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
४० करोड ८५ लाख ७४ हजार ७ सय ४० रुपैयाँ हानी पुर्याएकोमा बिगो बमोजिम जरिवाना असुलउपर हुन र प्रतिवादी विकल पौडेल उपर सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिई अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो । विशेष अदालतले २०८२ बैशाख २१ को फैसलाबाट आंशिक सफाई दिएकोले सो फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको आयोगले जनाएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend