Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रविको मुद्दामा आज पनि भएन फैसला, अभियोग संशोधनको महान्यायाधीवक्ताको जवाफ पेश गर्न आदेश


    बिहिबार, चैत्र ५ २०८२
    590
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधीवक्ता कार्यालयको निर्णयबिरुद्ध परेको रिटको आज पनि टुंगिएन ।

    केही दिनदेखि हेर्दाहेर्दैमा राखिएको यो मुद्दामा आज न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलले अभियोगपत्र संशोधनका लागि महान्यायाधीवक्ता कार्यालयको जवाफ पेश गर्न आदेश दिएका छन् ।

    जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीको लिखित जवाफको प्रकरण नं. ३९(ख) मा उल्लेख भएकोमा सो व्यहोरा महान्यायाधिवक्ताको लिखित जवाफ साथ पेश गर्न आदेश दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार