सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब मुलुकमा सिंहदरबार जल्ने र गोली चल्ने अवस्था अन्त्य हुने गरी नयाँ प्रकारको शासन व्यवस्था आवश्यक भएको बताएका छन् ।
आइतबार सर्लाहीमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आगामी पाँच वर्ष सरकारले जनभावनाअनुसार काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘अब सिंहदरबार पनि जल्नुहुँदैन, गोली पनि चल्नु हुँदैन । हामीले कर्तव्यबोध गरेर काम गर्नुपर्छ ।’
सभापति थापाले मुलुकमा फैलिएको कुशासनका कारण जनता आजित भएको दाबी गर्दै अबको प्राथमिकता सुशासन कायम गर्नुहुनुपर्ने बताए ।
‘सुशासन कायम गर्नुपर्छ । जनता कुशासनले आजित भएका छन्’ उनले भने ।
सभापति थापाका अनुसार आगामी पाँच वर्ष मुलुकमा सुधारका धेरै काम गर्नुपर्ने समय हो। उनले युवालाई रोजगारी दिनुका साथै स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा राज्यले गम्भीर ध्यान दिनुपर्ने बताए ।
सभापति थापा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका छन् ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend