Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाली बजारमा तस्करीको केरा, हचुवामा आयात रोक्दा चर्को मूल्यबृद्धि


    बुधबार, फाल्गुन १३ २०८२
    1.3K
    Shares
    रोशन ज्ञवाली र शम्भु साह भन्ने शंकर साह
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेपालमा केरा उपभोग गर्नेको संख्या ठूलो छ । नेपाल केरामा आत्मनिर्भर भएको दाबी गर्दै सरकारले आयात बन्द गरेको छ । गएको असोज महिनादेखि नेपालमा केरा आयात कानुनी रुपमा बन्द गरिएको छ ।

    नेपाली केरा उद्योगलाई प्रबद्र्धन गर्नकै लागि आयात बन्द गरिएको सरकारको दाबी छ । नेपाल केरामा आत्मनिर्भर छ भनिए पनि गैरकानुनी रुपमा भन्सारछली गरी ठूलो परिणाममा भारतीय केरा आयात भइरहेको छ ।

    विगतमा नेपाली बजारमा उपभोक्ताले प्रतिदर्जन १ सय ५० रुपैयाँसम्म खरिद गर्दैआएको केरा अहिले आयात बन्द गरिएपछि अत्यधिक महंगो भएको छ । उपभोक्ताले एक दर्जन केराको २ सय ५० देखि ३ सय रुपैयाँसम्म तिर्न बाध्य हुँदैआएका छन् ।

    यो पनि पढ्नुहोस् :
    निर्वाचनको मौका छोेपी चर्को मूल्यबृद्धि, बाणिज्य बिभागको अनुगमन झारा टार्नेमा सीमित

    केरामा नेपाल आत्मनिर्भर भए पनि नेपाली उत्पादनले भाउ नपाउँदा कृषकहरु पलायन हुने क्रम बढेको भन्दै सरकारले आयात बन्द गर्ने निर्णय गरेको थियो । नेपालका केरा खेती गर्ने किसानहरुसँग सस्तोमा खरिद गरी बिचौलियाहरुले उपभोक्तालाई दोब्बरदेखि तेब्बर महंगोमा बिक्री गर्दैआएका छन् । जसले गर्दा भारतीय केरा तस्करी भएर नेपालमा भित्र्याउने गिरोह नै सक्रिय भएको छ ।

    आयात बन्द गरिएको भनिए भारतीय सीमा जोडिएका नाकाहरुबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा केरा तस्करी गरी भित्रने गरेको छ । सन्त तुल्सीदास फलफूल तथा एसी चेम्बरका संचालक भारतीय नागरिक शम्भु साह भन्ने शंकर साहले दैनिक १० ट्रक केरा तस्करी गरी नेपाल भित्र्याउने गरेको स्रोतको दाबी छ । चुनावको मौका छोपेर दैनिक करोडबराबरको केरा तस्करीका माध्यमबाट भित्रिरहेको छ ।

    नेपाली ब्यवसायीलाई केरा आयातमा रोक लगाइएपछि भारतीय नागरिक साह केरा तस्करी गर्ने धन्दामा तल्लीन भएर लागेका छन् । साहले प्रतिबक्सा ५ सय ८४ रुपैयाँमा खरिद गरिएको केरा दोब्बरभन्दा बढी प्रतिबक्सा १ हजार २ सय रुपैयाँमा नेपाली ब्यापारीलाई बिक्री गर्दैआएका छन् ।

    तस्करी गरी केरा आयात गर्दा दैनिक लाखौं रुपैयाँ भन्सार छली गरेका साहले आफूले केरा तस्करी गर्दैआएको स्वीकार गरेका छन् । नेपालफेस डटकमसँग उनले १० ट्रकमात्र होइन, भन्सारका कर्मचारीले मलाई ५० ट्रक ल्याउन छुट दिएको खुलेआम बताए ।

    भारतबाट केरा तस्करी गर्नेमा महेश नामका अर्का ब्यापारी पनि संलग्न रहेका छन् । राष्ट्रिय उपभोक्ता मंच नेपालका अध्यक्ष प्रेमलाल महर्जनले हचुवाका भरमा केरा आयात प्रतिस्थापन गर्ने सरकारी निर्णय गलत भएको, आत्मनिर्भर भने पनि कृषि मन्त्रालयले बजारको एकीन तथ्यांक नै लिन नसकेको, स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्ने नाममा आयात रोकेर तस्करीलाई प्रोत्साहन गरेको आक्रोशपूर्ण प्रतिक्रिया दिए ।

    दैनिक करोडौैं मूल्यको केरा तस्करी हुँदा राज्यका निकाय निरीह भएका हुन् वा सेटिङमा भित्र्याउन दिइएको हो भन्ने प्रश्न उठेको छ । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले केराको कालोबजारी हुँदा पनि रोक्न कुनै चासो नदेखाई तस्करसँगै मिलेमतो गर्दैआएको आरोप छ ।

    बजारको अनुगमन र कालोबजारी नियन्त्रण गर्नुपर्ने जिम्मेवारी बोकेको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग भने केराको मूल्यबृद्धि र कालोबजारीका बारेमा अनभिज्ञजस्तै देखिएको छ । बाणिज्य बिभागका सूचना अधिकारी नरहरि तिवारीले केराको कालोबजारीका बारेमा अनभिज्ञता प्रकट गर्दै भने–‘तपाईंले भनेपछि बिभागको जानकारीमा आएको छ । अब यसबारेमा हामी एक्सन लिन्छौं ।’
    रोशन ज्ञवाली बाणिज्य बिभागको महानिर्देशकमा आएपछि बजार अनुगमन ठप्पजस्तै छ ।

    देखावटी रुपमा एकाध फर्ममाथि अनुगमन गरेजस्तो मात्र गर्दै बजारमा मनपरी गर्न छुट दिएर बाणिज्यका डीजी रोशन ज्ञवाली कमाउनै बिजी भएको आरोप छ । बजारमा उपभोक्ताले खाना पकाउने एलपी ग्याँस पाउन सकेका छैनन् । तर बाणिज्य बिभागले ग्याँस कालोबजारी समेत रोक्न सकेको छैन । बाणिज्य बिभागको इतिहासकै यति कमजोर नेतृत्व नभएको कर्मचारीहरुबीच चर्चा हुने गरेको छ ।

    कुमारप्रसाद दाहाल महानिर्देशक हुँदा बाणिज्य बिभागले चाह्यो र काम गर्न दिने हो भने बजारलाई नियमन गर्न सक्दोरहेछ भन्ने उदाहरण प्रस्तुत गरेका थिए । तर कमलकिशोर मालपानीहरुको ठगीलाई रोक्न खोज्दा अवकाशको मुखमा उनको सरुवा गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार