काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले मधेस प्रदेशका ८ जिल्लामा तीन एसएसपी खटाइएका छन् । उनीहरुले मधेश प्रदेशका ८ जिल्लाको जिम्मेवारी सम्हाल्नेछन् ।
एसएसपी कमल थापा, प्रदेश तालिम केन्द्र राजविराजका एसएसपी भीमबहादुर दाहाल र संघीय प्रहरी कार्यालय वीरगन्जका प्रमुख एसएसपी शान्तिराज कोइरालालाई निर्वाचनपूर्व सुरक्षा अवस्था मूल्यांकन र योजना निर्माणका लागि खटाइएको हो ।
दाहाललाई सिरहा र सप्तरी, कोइरालालाई बारा, पर्सा र रौतहट तथा थापालाई धनुषा, महोत्तरी र सर्लाहीको जिम्मेवारी दिइएको छ । मधेसका सबै जिल्लामा एसपीले सुरक्षा कमान्ड गर्नेछन् ।
सिरहा, सर्लाही, रौतहट र पर्सा बढी सुरक्षा चुनौती भएका जिल्ला मानिएका छन । यी जिल्लामा प्रमुख नेताहरूको उम्मेदवारी, दल परिवर्तन, धार्मिक तनाव र अघिल्ला निर्वाचनका घटनाले सुरक्षा चुनौती बढाएको छ ।
मधेसका ३२ निर्वाचन क्षेत्रमा २ हजार १६० मतदानस्थल र ४ हजार ४७१ मतदान केन्द्र छन । तीमध्ये १ हजार २३७ मतदानस्थल अति संवेदनशील र ७६३ संवेदनशील छन् । प्रदेशमा ३६ लाख ३६ हजारभन्दा बढी मतदाता रहेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend