काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले मधेस प्रदेशका ८ जिल्लामा तीन एसएसपी खटाइएका छन् । उनीहरुले मधेश प्रदेशका ८ जिल्लाको जिम्मेवारी सम्हाल्नेछन् ।
एसएसपी कमल थापा, प्रदेश तालिम केन्द्र राजविराजका एसएसपी भीमबहादुर दाहाल र संघीय प्रहरी कार्यालय वीरगन्जका प्रमुख एसएसपी शान्तिराज कोइरालालाई निर्वाचनपूर्व सुरक्षा अवस्था मूल्यांकन र योजना निर्माणका लागि खटाइएको हो ।
दाहाललाई सिरहा र सप्तरी, कोइरालालाई बारा, पर्सा र रौतहट तथा थापालाई धनुषा, महोत्तरी र सर्लाहीको जिम्मेवारी दिइएको छ । मधेसका सबै जिल्लामा एसपीले सुरक्षा कमान्ड गर्नेछन् ।
सिरहा, सर्लाही, रौतहट र पर्सा बढी सुरक्षा चुनौती भएका जिल्ला मानिएका छन । यी जिल्लामा प्रमुख नेताहरूको उम्मेदवारी, दल परिवर्तन, धार्मिक तनाव र अघिल्ला निर्वाचनका घटनाले सुरक्षा चुनौती बढाएको छ ।
मधेसका ३२ निर्वाचन क्षेत्रमा २ हजार १६० मतदानस्थल र ४ हजार ४७१ मतदान केन्द्र छन । तीमध्ये १ हजार २३७ मतदानस्थल अति संवेदनशील र ७६३ संवेदनशील छन् । प्रदेशमा ३६ लाख ३६ हजारभन्दा बढी मतदाता रहेका छन् ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend