Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीको साइबर ब्यूरोलाई निर्वाचन आयोगको निर्देशन, दुर्गा प्रसाईमाथि अनुसन्धान गर्नू


    आइतबार, माघ ४ २०८२
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले दुर्गा प्रसाईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई निर्देशन दिएको छ ।

    कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएको विषयमाप्रसाईंले भ्रामक सूचना प्रवाह गरेकाले आयोगले साइबर ब्यूरोलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो ।

    प्रसाईंले शनिबार आफ्नै घरमा मिडिया बोलाएर आयोगमा ५२ करोड बुझाएर कांग्रेसको बिशेष महाधिवेशन पक्षले दलको आधिकारिकता लिएको अभिब्यक्ति दिएका थिए । तर उनले प्रमाण भने कुनै पनि देखाउन सकेका छैनन् ।

    निर्वाचनको संघारमा प्रसाईंले सामाजिक सञ्जालमार्फत् राजनीतिक पार्टी र तिनका नेताहरुविरुद्ध बितृष्णा र घृणाभाव फैलाएको भन्दै आयोगले प्रहरीलाई कारबाहीको निम्ति लिखित निर्देशन दिएको छ ।

    आयोगले पछिल्लो एक महिनायता उनका अभिब्यक्तितर्फ संकेत गर्दै नेताहरुको चरित्रहत्या गरेको ठहर छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार