Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • टिकट बितरणमा ओलीको मनपरी : गुण्डानाइकेलाई प्राथमिकता, इश्वर, सुरेन्द्र र ठाकुरहरु पाखा पारिए


    आइतबार, माघ ४ २०८२
    945
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली महाधिवेशनमा आफूविरुद्ध प्रतिस्पर्धा गरेका नेताहरूप्रति कडा देखिएका छन् ।

    ओलीले आफूबिरुद्ध गएको महाधिवेशनमा उम्मेदवारी दिएका इश्वर पोखरेल र उनको टीमका सृुरेन्द्र पाण्डे, कर्ण थापा,आनन्द प्रसाद पोखरेल, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठलाई टिकट दिएनन् ।

    गैरेको निर्वाचन क्षेत्रमा उपाध्यक्ष बिष्णुप्रसाद पौडेललाई उम्मेदवार बनाइएको छ । रुपन्देहीमा निर्वाचन हार्ने भएपछि पौडेल पाल्पा पुगेका छन् ।
    त्यसैगरी झापा ४ बाट लगातार चुनाव जित्दैआएका एलपी साँवालाई पनि टिकट दिइएन ।

    जेनजी आन्दोलनपछि पार्टीमा नेतृत्व पुनर्गठनको कुरा उठाएका उपमहासचिव योगेश भट्टराई र गोकुल बाँस्कोटालाई समेत टिकट नदिई अध्यक्षले टुंगो लगाउने भनिएको छ । जबकि विगतमा कांग्रेस माओवादी गठबन्धन हुँदा पनि भट्टराई र बाँस्कोटाले चुनाव जितेका थिए ।

    मोरङका तीन क्षेत्रबाट सिफारिस भएका विनोद ढकालले पनि टिकट पाएनन् । ढकालको नाम मोरङ–१, ४ र ६ बाट सिफारिस भएको थियो । उनले पनि महाधिवेशनमा इतर समूहबाट सचिवमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए ।

    युवानेताहरु गणेश पहाडी, झपट रावल, तारा लामा लगायतप्रति अनुदार भएको पाइएको छ । यी नेताहरू एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।

    शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदा इतर समूहका नेताहरूको क्षेत्रमा निर्णय गर्ने अधिकार अध्यक्ष ओलीले स्वयं राखेका छन् । उनीहरुलाई आत्मालोचना गराएर टिकट दिने योजनामा ओली रहेको बताइन्छ ।

    एमालेका प्रभावशाली नेताहरुलाई टिकट नदिएका ओलीले गुण्डानाइके र ट्रेडमार्क चोर ब्यापारीका रुपमा चिनिनेहरुलाई पार्टीको टिकट दिएका छन् । विवादित ब्यापारी वीरेन्द्र कनोडियालाई उनले प्रवेश गरेकै दिन कपिलबस्तुबाट टिकट दिएका छन् । सिन्धुपाल्चोकबाट पनि पार्टीमा आउनासाथ आङदोर्जे शेर्पालाई टिकट दिएका छन् ।

    त्यसो त गुण्डनाइकेको रुपमा चिनिएका मिलन चक्रे उर्फ मिलन गुरुङलाई गोरखाबाट टिकट दिएका छन् । एमालेले यस्ता विवादित पात्रहरुलाई मोटो रकम लिएर टिकट दिएको आरोप छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार