काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली महाधिवेशनमा आफूविरुद्ध प्रतिस्पर्धा गरेका नेताहरूप्रति कडा देखिएका छन् ।
ओलीले आफूबिरुद्ध गएको महाधिवेशनमा उम्मेदवारी दिएका इश्वर पोखरेल र उनको टीमका सृुरेन्द्र पाण्डे, कर्ण थापा,आनन्द प्रसाद पोखरेल, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठलाई टिकट दिएनन् ।
गैरेको निर्वाचन क्षेत्रमा उपाध्यक्ष बिष्णुप्रसाद पौडेललाई उम्मेदवार बनाइएको छ । रुपन्देहीमा निर्वाचन हार्ने भएपछि पौडेल पाल्पा पुगेका छन् ।
त्यसैगरी झापा ४ बाट लगातार चुनाव जित्दैआएका एलपी साँवालाई पनि टिकट दिइएन ।
जेनजी आन्दोलनपछि पार्टीमा नेतृत्व पुनर्गठनको कुरा उठाएका उपमहासचिव योगेश भट्टराई र गोकुल बाँस्कोटालाई समेत टिकट नदिई अध्यक्षले टुंगो लगाउने भनिएको छ । जबकि विगतमा कांग्रेस माओवादी गठबन्धन हुँदा पनि भट्टराई र बाँस्कोटाले चुनाव जितेका थिए ।
मोरङका तीन क्षेत्रबाट सिफारिस भएका विनोद ढकालले पनि टिकट पाएनन् । ढकालको नाम मोरङ–१, ४ र ६ बाट सिफारिस भएको थियो । उनले पनि महाधिवेशनमा इतर समूहबाट सचिवमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए ।
युवानेताहरु गणेश पहाडी, झपट रावल, तारा लामा लगायतप्रति अनुदार भएको पाइएको छ । यी नेताहरू एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।
शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदा इतर समूहका नेताहरूको क्षेत्रमा निर्णय गर्ने अधिकार अध्यक्ष ओलीले स्वयं राखेका छन् । उनीहरुलाई आत्मालोचना गराएर टिकट दिने योजनामा ओली रहेको बताइन्छ ।
एमालेका प्रभावशाली नेताहरुलाई टिकट नदिएका ओलीले गुण्डानाइके र ट्रेडमार्क चोर ब्यापारीका रुपमा चिनिनेहरुलाई पार्टीको टिकट दिएका छन् । विवादित ब्यापारी वीरेन्द्र कनोडियालाई उनले प्रवेश गरेकै दिन कपिलबस्तुबाट टिकट दिएका छन् । सिन्धुपाल्चोकबाट पनि पार्टीमा आउनासाथ आङदोर्जे शेर्पालाई टिकट दिएका छन् ।
त्यसो त गुण्डनाइकेको रुपमा चिनिएका मिलन चक्रे उर्फ मिलन गुरुङलाई गोरखाबाट टिकट दिएका छन् । एमालेले यस्ता विवादित पात्रहरुलाई मोटो रकम लिएर टिकट दिएको आरोप छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend