Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम फेरि सर्‍यो, राति ८ बजेदेखि मतदान


    बुधबार, पुष ३० २०८२
    535
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा निर्वाचन कार्यक्रम फेरि सारिएको छ।

    बुधबार अपराह्न सूचना प्रकाशित गरी केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम सारिएको जनाएको छ। समितिका संयोजक सीताराम केसीले जारी गरेको सूचनामा आज राति ८ बजेदेखि मतदान सुरु हुने उल्लेख छ।

    सूचनामा भनिएको छ, ‘यसअघि निर्वाचन कार्यतालिकाको सूचना प्रकाशित भएकोमा मनोनयन पत्र दर्ता गर्नेसम्मको प्रक्रिया पूरा भएकोले थप निर्वाचन प्रक्रिया अगाडि बढाउन आज मिति २०८२/०९/३० गते बुधबारका दिनका लागि तपसिल बमोजिम संशोधित निर्वाचन कार्यक्रम प्रकाशित गरिएको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार