Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • माघका लागि ११ बैंकले ब्याजदर घटाए, कुन बैंकको कति ?


    बुधबार, पुष ३० २०८२
    395
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर थप घटाएका छन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा ०.१४९५ प्रतिशत विन्दुले घटेको छ ।

    पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.८३४ प्रतिशत रहेकोमा माघमा ४.६८४५ प्रतिशतमा झरेको हो ।

    व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर माघका लागि ५.५ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै ५.५ प्रतिशत ब्याजदर तय गरेको छ ।

    पुसको तुलनामा माघमा ११ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ८ ले स्थिर राखेका छन् । एउटाले बढाएको छ । अधिकांशले ब्याजदर घटाएसँगै औसतमा ब्याजदर घटेको हो ।

    ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् ।

    त्यस्तै स्थिर राखेकामा नेपाल, एनआईसी एसिया, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी छन् । एउटा बैंक प्राइम कमर्सियल बैंकले सामान्य बढाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार