शारदादेवी सापकोटा
काठमाडौं । मालपोत कार्यालय डिल्लीबजारसँगै बनेको नेपाल लेखापढी व्यवसायी संघको भवन न त नक्सा पास नै गरिएको छ नत लिज सम्झौता नै । मालपोतका नाममा प्रमाण पूर्जा रहेको यो भवन जबर्जस्त रुपमा लेखापढी व्यवसायीले आफ्नो कब्जामा लिएको मालपोत स्रोतले बताएको छ ।
भवन कब्जा गरी इकाई कार्यालय र केन्द्रीय कार्यालय सञ्चालन गरिएको छ । मालपोत कार्यालयमा भएका अनियमितता र घुसको कारण लेखापढी व्यवसायीहरु नै भएको भन्दै पटक–पटक भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीले मन्त्री हुनेबित्तिकै मालपोत परिसरबाट हटाउने घोषणा गर्छन् । तर, राजनीतिक दबाबका कारण असफल भएपछि सम्झौता गर्दै आएका छन् ।
नेकपाको बहुमतको सरकारको शक्तिशाली मन्त्री बनेकी पदमा अर्यालले पनि मालपोत परिसरबाट लेखापढी ब्यवसायीहरुलाई १५ दिनभित्र हटाउने उद्घोष गरेकी थिइन् ।
मालपोत कार्यालयको भवन बनाउँदा नै यो भवन पनि बनाइएको बताइन्छ । यो भवनका विषयमा लेखापढी व्यवसायी संघ इकाई कार्यालय डिल्लीबजारका लोकनाथ अधिकारीसँग सम्पर्क गर्दा सफल हुन सकेन ।
सचिव भरत खड्कासँग सम्पर्क गर्दा उनले आफूलाई यो विषयमा केही पनि थाहा नभएको बताए । उनले यो विषयमा केन्द्रीय महासचिवलाई सोध्न आग्रह गरे । लेखापढी व्यवसायी संघका केन्द्रीय महासचिव हरिप्रसाद पौडेललाई सम्पर्क गर्दा उनले सुरुमा मन्त्रालयले भोगाधिकार दिएको भन्दै झुटो बोले ।
सरकारी जग्गाको भोगाधिकार मन्त्रीपरिषद्ले मात्रै दिनसक्छ, कसरी मन्त्रालयबाट पाउनु भयो भनी प्रश्न गर्दा उनले अध्यक्ष सीताराम दाहालसँग सोध्न आग्रह गरे । शुक्रबार सम्पर्क गर्दा आइतवार मन्त्रालयले भोगाधिकार दिएको पत्र देखाउने बताएका अध्यक्ष दाहालले आइतवार भने महासचिवलाई देखाएर बैठकमा छु भन्दै पन्छिएका छन् ।
दाहालसँग सम्पर्क गर्दा हिजो आइतवार पुनः महासचिव हरिप्रसाद पौडेलसँग सम्पर्क गर्न आग्रह गरे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता तथा सहसचिव गणेशप्रसाद भट्टसँग सम्पर्क गर्दा उनले आफूले सत्यतथ्य बुझेर जानकारी दिने बताए पनि पछि सम्पर्कमा आएनन् ।
भूमिसुधार अधिकारी हुँदा कतिपयले सरकारी जग्गा कौडीको मोलमा लिजमा दिँदै आएका छन् । काठमाडौंंका तत्कालीन भूमिसुधार अधिकारी लुम्बप्रसाद शिवाकोटीले थापाथलीको प्राइम ठाउँमा रहेको जग्गा नर्भिक अस्पताललाई कौडीको मोलमा दिएर राम्रै शुभलाभ प्राप्त गरेको आरोप छ । सेवानिवृत्त भएपछि शिवाकोटी हाल कानूनी सेवा केन्द्र खोलेर बसेका छन् । डायरी एक्सप्रेस साप्ताहिकबाट साभार
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend