रौतहट । चन्द्रपुर नगरपालिका–४ चन्द्रपुरस्थित देउराली चोकबाट मंसीर ६ गते सशस्त्र प्रहरीले दुई वटा अटोमेटिक पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
बारा जिल्लाको निजगढ नगरपालिका–६ स्थायी घर भई हाल मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २२ बर्षीय सुमन आचार्यलाई उक्त पेस्तोलसहित नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोबाट खटिएको टोलीले उनलाई बेरेडा मेडईन ईटाली र सीएफ ९८९(०००१६९०८२६६) लेखेको दुई वटा अटोमेटिक पेस्तोल, सोको दुई वटा म्याग्जिन, १३ राउण्ड गोली र एक थान खुकुरीसहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका उनलाई बरामद पेस्तोल तथा अन्य सामानसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend